सर्जक हमालले ल्याए ‘निरमाया’

कात्तिक, काठमाडौं ।

नेपाली लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ । अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको यस गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । गीतमा शिव हमालको  शब्द तथा संगीत रहेको छ ।

नेपाली लोक गीतको क्षेत्रमा फरक छवि बनाउनु भएका सर्जक हमालले यस गीत बहुप्रतिक्षितको रुपमा हेरेको र सार्वजनिक हुनु पहिले नै सर्जकहरुबाट राम्रो प्रतिक्रिया मिलेको बताउनु भयो । साथै सार्वजनिक हुनासाथ निकै सकारात्मक प्रतिक्रिया मिलिरहेको बताउनु भयो । कार्यक्रममा सर्जक हमालले गीतको अडियो देखी भिडियोमा निकै मिहिनत गरेको जानकारी दिनुभयो । हमाल भन्नुहुन्छ, ‘यसअघिका गीतहरु जस्तै यो गीतमा पनि मिहिनत र लगानी राम्रो गरेका छौं । दर्शक तथा स्रोताका लागी कुनै कमि हुन दिएका छैनौं ।’

गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ । कार्यक्रममा नायक पुष्पले भिडियोमा काम गर्दाको अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘मैले पछिल्लो म्युजीक भिडियो कम गर्न थालेको छु । यो गीतको टिम यति राम्रो छ, गीत उत्तिकै मिठो छ । यो गीत छाड्नै सकिन ।’ यस्तै गीतकी डान्सर कविता नेपालीले नयाँ टिमसँग का मगर्न पाउँदा खुसी लागेको बताउनु भयो । कविताले नायक पुष्पसँग पहिलो पटक स्क्रिन सेयर गर्नुभएको हो ।

गीत सुनिल परियारले एरेन्ज गर्नुभएको हो । यस्तै गीतका गायकद्धय रबिन र निश्चलले गीतबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताउनु भयो । यस्तै भिडियोका निर्देशक मौसम हिमालीले सक्दो मिहिनत गरेको बताउनु भयो । भिडियो प्रबिन भट्टले सम्पादन गर्नुभएको हो ।

सर्जक शिव हमालले एक महिना अघिमात्रै ‘झुम्का झलक्कै’बोलको लोकगीत सार्वजनिक गर्नुभएको थियो । जुन दर्शक तथा स्रोतामाफ लोकप्रिय बनेको छ । हमालले डेढ दशक अघिदेखी सिर्जना गरेको दर्जनौं गीत लोकप्रिय छन् ।