खोजि आवाजको पहिलो बिजेता धिरेन्द्र र पवित्रा

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा ‘खोजि आवाजको’ पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का हुनुभएको छ ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताउनु भयो । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिनुभयो ।

देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गौतमले गर्ने गर्नुभएको थियो । ‘खोजि आवाजको’ प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गाएक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहनुभएको छ ।

तीन अडिसनबाट ६ जना छानिएका थिए ।  जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहनु भएको थियो । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी हुनुभएको हो ।