रंगपत्रकार गोकर्ण गौतमको निधन

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

लामो समयदेखि चलचित्र पत्रकारितामा आबद्ध गोकर्ण गौतमको निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि उहाँ सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना हुनुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत वर्षदेखि कान्तिपुर दैनिकमा कला, साहित्य सम्बन्धी कलम चलाउँदै आउनु भएका गौतम यसअघि नेपाल साप्ताहिकमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गहन ढंगले फिल्म समीक्षा गर्ने पत्रकारको रुपमा परिचित हुनुहुन्थ्यो ।

गत वर्ष बैवाहिक जीवनमा बाँधिनु भएका गौतमको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँको निधनमा करिश्मा मानन्धर, रेखा थापा, केकी अधिकारी, प्रदीप भट्टराई, मनोज गजुरेल, निश्चल बस्नेत, रमेश उप्रेतीलगायतका फिल्मकर्मीहरुले गहिरो दुःख व्यक्त गर्नुभएको थियो ।