फिल्म हल खोल्ने अनुमति दिनुपर्छः कोमल वली

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

गायिका तथा सांसद कोमल वलीले अहिलेको परिस्थितीमा फिल्म हल खोल्ने अनुमति दिनुपर्ने बताउनु भएको छ । कोरोना महामारीले बिगत केहि महिना देखी फिल्म क्षेत्रमा पनि ठुलो असर पारेका कारण सुरक्षित बिधि अपनाएर फिल्म हल खोल्ने अनुमति सरकारले दिनुपर्ने बताउनु भएको हो ।

‘फिल्म हलमा दर्शक राख्ने दुरी केहि बढाएर, स्वास्थ्य बिधि अपनाएर फिल्म हल खोल्ने अनुमति दिनुपर्छ । हल खोल्दैमा कोरोना सरिहाल्ने भन्ने हुँदैन । त्यसमा पनि दर्शक बस्ने सिटमा ग्याप राखेर हुन्छ कि, सेनिटाइज गरेर हुन्छ कि त्यो सुरक्षाका बिधिहरुलाई अपनाएर हल खोल्नुपर्छ ।’ सांसद वलीले भन्नु भयो । ‘सयौं फिल्महलमा हजारौंको रोजगारी छ त्यसलाई मध्यनजर गर्नुपर्छ । अहिलेको अवस्थामा कसरी सुरक्षित हुने र सुरक्षित तबरले हलहरु कसरी सञ्चालन गर्ने भन्ने बिषयमा बिज्ञहरुसँग छलफल गरेर सरकारले अनुमति दिनुपर्छ ।’

काठमाडौंको सामाखुसीस्थित वन डिबी रेकडिंङ स्टुडियोमा एक गीत रेकर्ड गर्ने क्रममा भेटिनु भएकी सांसद वलीले फिल्म क्षेत्रपनि ठुलो उद्योग भएकाले यसबिषयमा सरकारले सोच्नुपर्ने बताउनु भयो । साथै उहाँले फिल्म छायांकनका लागी पनि सरकारको तर्फबाट अनुमति दिनुपर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘अहिले पनि फाटफुट छायांकन त भइरहेका छन् । तर सुरक्षित तरिका अपनाएर फिल्म छायांकनका लागी भने अनुमति दिनुपर्छ । छायांकनमा पनि सामाजिक दुरी कायम गर्नसकिन्छ । यो बिषयमा फिल्म क्षेत्रमा बिज्ञहरुले पनि छलफल गर्नुभएको होला । सम्बन्धित निकायसँग छलफल गरी छिट्टै अनुमति दिनु आवश्यक छ ।’

चलचित्र निर्माता संघका अनुसार झण्डै ३० हजार चलचित्रकर्मि बेरोजगार भइरहेको अवस्थामा चलचित्रकर्मिहरुले छायांकन तथा प्रदर्शनका लागी सरकारले अनुमति दिनुपर्ने माग राख्दै आएका छन् । यसैबिच सांसद वलीले छिट्टै फिल्म छायांकन तथा प्रदर्शनका लागी अनुमति नदिदा अझै धेरै बेरोजगारी हुन सक्ने र चलचित्र उद्योग थप धारासाही बन्न सक्ने बताउनु भयो । उहाँले भन्नु भएको छ, ‘अहिले धेरै अन्य उद्योगहरु खुलिरहेका छन् । त्यसैले फिल्म क्षेत्रको काम पनि रोक्नु हुँदैन । हरेक क्षेत्रमा कसरी सुरक्षित भएर काम गर्ने भन्ने बिषयमा छलफल हुनु त जरुरी छ तर ठप्प पारेर समस्याका समाधान भने हुँदैन ।’

साथै सांसद वलीले गीतसंगीत सर्जकहरुले उठाइरहेको मागको बिषयमा पनि सरकार समक्ष कुरा राखेको बताउनु भयो । लामो समयदेखी गीतसंगीतका सर्जकले रोयल्टीको बिषयमा बिधयक बन्न नसक्दा सर्जकहरु मारमा परिरहेको र सरकारले यो बिषयमा ध्यान नदिएको गुनासो छ । यसैबिषयमा सांसद वलीले सरकारले यो बिषयमा छिट्टै बिधयक अगाडी सार्ने बताउनु भयो । यस्तै कोरोना महामारीका कारण थलिएको फिल्म तथा सम्पुर्ण मनोरञ्जन क्षेत्रमा रंगकर्मिहरुलाई राहत प्याकेजको तयारी भइरहेको बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘केहि दिन अघिमात्रै सरकारले राहत प्याकेजको तयारी अगाडी सारिसकेको छ । कला क्षेत्रमा कुन क्षेत्र बढी प्रभावित छ र कोको बढी प्रभावित भएका छन्, उहाँहरुको निर्धारण गरेर राहत प्याकेज ल्याउँदैछ । सम्भवतः छिट्टै यो बिषयमा सरकारको तर्फबाट काम अगाडी बढ्नेछ ।’

स्व. नेता मदन भण्डारीप्रति समर्पित ‘कमरेड मदन भण्डारी’ बोलको गीतमा वन डिबी रेकर्डिङ स्टुडियोमा स्वर दिन पुग्नुभएकी गायिका तथा सांसद वलीले राजनिति सँगै गीतसंगीतलाई पनि अगाडी बढाइरहेको जानकारी दिनुभयो । ‘गएको फागुनमा कलाकार मदनकृष्ण श्रेष्ठसँग एक गीत गाएकी थिएँ, त्यसपछि बल्ल आज गीत रेकर्ड गर्ने मौका मिल्यो । गीतसंगीतमा पनि समय मिलाइरहेकी छु ।’ उहाँले भन्नुभयो । ‘अहिलेको कारोनाको यो परिस्थितीमा बिचमा गीत गाउन सकिन । अब फेरी निरन्तरता दिनेछु ।’ ‘कमरेड मदन भण्डारी’ बोलको गीतमा बुद्धिमान परियारको शब्द रहेको छ भने शिवराज गौतमले संगीत भर्नुभएको छ । गीतमा कोमलसँगै शिशिर योगीको स्वर रहेको छ । संगीतका शिवराजका अनुसार अबको एक महिना भित्रमा उक्त गीत सार्वजनिक गरिनेछ ।

Video Interview:

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)