सत्य स्वरुपको कवाली शैलीको गीत

मंसिर, काठमाडौं ।

कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली  फ्लेवरको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा हुनुहुन्छ । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गर्नुभएको छ । त्यसैगरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिनु भएको हो ।

भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गर्नुभएको छ भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेको देखिन्छ । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेको देखिनुहुन्छ । कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदै आउनु भएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन । झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ ।

गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ। कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

कविराज गहतराजले ंगीतअनुसार लोकेशन र ड्रेस छनौट गरेको जनाउँदै यो भिडियो आप्mना लागि चुनौति भएको बताउनु भएको छ । उहाँले भन्नुभएकोछ, ‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो । अर्कोतिर सिक्कीमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनलरुपमा प्रेजेन्ट गर्नु अर्को च्यालेन्ज थियो। निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छ भन्ने लागेको छ ।’ गायक सत्यराज आचार्यले यो म्युजिक भिडियो आफुहरुको सांगितीक करियरमा आजसम्मकै सर्वोत्कृष्ट भिडियो बनेको बताउनु भयो । ‘यसका उच्च आदरार्थी शव्द प्रयोग गरिएका छन् । रोयल तामझामका साथ सुटिङ गरिएको छ । हामीलाई प्रायः स्याड सङमा मन पराइएको थियो। धेरैपछि रोमान्टि डान्सिङ नम्बर ल्याएका छौँ’ उहाँको भनाई छ ।

म्युजिक भिडियोका छायांकार सुदीप बराल गीतअनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो उतारिएको बताउनु भयो । निर्माता कैलाश राईले सिक्कीमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको र यस कार्यलाई निरन्तरता दिइने बताए। म्युजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो ।