राष्ट्रिय संगीतकर्मी संघको सहसचिवमा गायिका सुजाता

आर्टिष्ट खबर, मंसिर, ललितपुर।

राष्ट्रिय संगीतकर्मी संघको ललितपुर जिल्ला शाखाको चौथो जिल्ला अधिवेशनबाट सहसचिवमा गायिका सुजाता केसी नियुक्ती हुनुभएको छ । गएको शनिबार बालाकुमारीमा सम्पन्न अधिवेशनबाट चयन गरिएको २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । गायिका सुजाताले गीतसंगीतको क्षेत्रमा दर्जनौं गीत गाउनु भएको छ । पछिल्लो समय गायिका सुजाताले गायक प्रमोद खरेलसँग गाएको गीत ‘ओई कान्छी’ चर्चामा रहेको छ ।

सुवास महतको अध्यक्षतामा चयन गरिएको नयाँ समितिमा वर्षा सिलवाल वरिष्ठ उपाध्यक्ष, पूर्ण थापा प्रथम उपाध्यक्ष, महिला उपाध्यक्षमा सविना दाहाल,उपाध्यक्षमा मनराम केसी र सुमित्रा श्रेष्ठ (रोजी), सचिवमा सुवास बजगाईं, सहसचिवमा सुजाता केसी र सरोज लामा, कोषाध्यक्षमा रञ्‍जित संजेल, सह (कोषाध्यक्षमा सम्झना खड्का धिमिरे रहनु भएको छ ।

यसैगरी अन्य कार्यसमिति सदस्यहरुमा रामसुन्दर कार्की , समिर तिमल्सिना, श्यामसुन्दर तिमल्सिना,सुमन दुलाल , सुन्तली खड्का,रञ्जन पौडेल,डिना कोईराला,विवेक खड्का ुमुस्कान ु,सम्राट रेग्मी,अनिल जिसी ुबुलेटु,सुशीला दुलाल ुश्रेयाु र आरके गाम्बा रहेका छन्। यसैगरी गोमा पाण्डे प्रवक्तामा चयन हुनुभएको छ ।