१५ लाखको लगानीमा ‘भिरमा सेती गाई’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

पछिल्लो समय नेपाली म्युजीक भिडियोको क्षेत्रमा लगानी उच्च हुँदै गएको छ । केहि बर्ष अघिसम्म एक भिडियोका लागी एक देखी दुईलाख लगानी हुँदा निकै ठुलो लगानी मानिन्थ्यो तर अहिलेको समयमा एक म्युजीक भिडियो साधारण तया ५ लाख देखी १५ लाख सम्ममा बन्न थालेका छन् ।

यसैबिच सोमबार सार्वजनिक गरिएको ‘भिरमा सेती गाई’ बोलको गीतमा पनि १५ लाख लगानी लगाइएको छ । बिशेषगरी अडियो र भिडियोको काम सम्पन्न भएर सार्वजनिक हुदासम्म १५ लाख लगानी लागेको गीतको निर्माता तथा गायक बिरु लामाले जानकारी दिनुभयो । गीतको अडियोमा मात्र तीनलाख लगानी लागेको गायक लामाको भनाई छ । ‘हामीले लगानीमा कुनै पनि कम्प्रमाइज गरेका छैनौं । गीतकी गायिका बिष्णु माझिले दुईलाख पारिश्रमिक लिने कुरा धेरै दर्शकलाई पनि थाहा भएकै कुरा हो । अडियोमा प्रयोग भएका बाजाहरुलाई मात्र ५० हजार लागेको छ, स्टुडियो खर्च देखी अडियोको सबै खर्च हिसाब गर्दा तीनलाख पुगेको छ । ।’ गायक तथा निर्माता लामाले भन्नुभयो ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा बिशेष गरी ठुलो लगानीमा बनेको भिडियो धेरै छैनन् । अडियो राम्रो भएकाले भिडियोमा पनि त्यहि किसिमको लगानी गर्नुपर्ने भएकाले आफूले कुनैपनि कुरामा कमि नगरेको गायक लामाले बताउनु भएको छ । यस्तै गीतका सर्जक शिव हमालले आफ्नो ‘बिग प्रोजेक्ट’को रुपमा रहेको गीत सार्वजनिक गरेको र बाँकी जिम्मा दर्शककमा छाडिदिएको बताउनु भयो ।

गीतको भिडियो तीनदिन लगाएर छायांकन गरिएको छ । जसमा काठमाडौंको पाँचतारे होटलमा एकदिन र पोखरा र अन्य ठाउँ गरेर दुईदिन छायांकन गरिएको छ । काठमाडौंका पाँचतारे होटलमा एकदिन छायांकन गरेको मात्र दुईलाख रुपैंया लाग्दछ ।

गीतको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । भिडियोमा सागर लम्साल र रुबिना अधिकारीको मुख्य अभिनय रहेको छ । भिडियो प्रबिन भट्टले सम्पादन गर्नुभएको छ । ‘भिडियोको मात्रै लगानीको कुरा गर्ने हो भने ८ देखी १० लाख लागेको छ । बाँकी अडियो र प्रमोशनमा खर्च गरिएको हो ।’ भिडियोका निर्देशक मौसम हिमालीले भन्नुभयो । भिडियो शिव हमाल युट्युव च्यानलमा हेर्न सकिन्छ ।