गायक पशुपति शर्मा भन्नुहुन्छः कठै मेरो देश

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

कस्ता कस्ता विपदमा नी देखियो भो चाल, अझै पनि लाईदिनलाई पर्छ र फुलमाला

वरिपरी छिमेकीले केके गरे केके,

हाम्रा देशका मुलीले त बिचमै घुँडा टेके

गए धेरै साल, केहि होलाकी भन्दा भन्दै गए धेरै साल

हा..हा..हा..हा..(हाँस्दै) मेरो देशको हाल ।।

अर्थतन्त्र धरासाही छ कोरोनाका कारण, यस्ता बेला यस्तो निर्णय क्याहो शिव नारन । अब फेरी चुनाव गर्दा खर्च लाउँछ कत्ति,

कता बाट आउँछ कुन्नी यस्तो खालको मति ।।

गए धेरै साल, केहि होलाकी भन्दा भन्दै गए धेरै साल

हुँ.. हुँ.. हुँ.. (रुँदै) मेरो देशको हाल ।

यहाँ समावेश शब्द लोकप्रिय गायक पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’को दुई अन्तरा हो । पछिल्लो समय नेपाली राजनिति बृत्तमा देखिएको किचलोलाई सम्झदै र देशको अवस्थालाई बुझ्दै गायक शर्माले नयाँ गीत सार्वजनिक गर्नुभएको हो । गीतमा स्वरसँगै लय र शब्द पनि शर्माकै रहेको छ । गीतलाई एरेन्ज गर्ने काम भने सुनिल परियारले गर्नुभएको हो ।

गीतको भिडियोमा गायक शर्मासँगै अन्य केहिले अभिनय गर्नुभएको छ । भिडियोमा राजु ढकाल, दीपक खड्का, पज्जवल मल्ल, मधु कार्की लगायतको अभिनय रहेको छ । भिडियोमा निर्देशन दुर्गा पौडेलको रहेको छ ।

गायक शर्माले बिभिन्न समयमा देशप्रति समर्पित गीतहरु पनि सार्वजनिक गर्दै आउनु भएको छ । उहाँले बिभिन्न समयमा गीत सार्वजनिक गरेकी कारण  राजनितिक झमेला पनि भोग्नु परेको छ । केहि समय अघिको ‘लुट्न सके लुट’ बोलको गीत सार्वजनिक गरिसकेपछि धम्की आएकै कारण युट्युबबाट हटाउनु परेको थियो ।

अहिलेको ‘कठै मेरो देश’ बोलको गीतबारे गायक शर्मा भन्नुहुन्छ, ‘अहिलेको समयमा यस्तो निर्णय नगरेकोभए हुनेथियो । देशको अवस्था कस्तो छ, त्यसलाई बुझ्नुपर्ने अवस्थामा झन् यस्तो निर्णय राम्रो नभएको होकि ?’ गायक शर्माले आफ्नो गीतमा यथार्थ कुरा राखेको बताउनु हुन्छ । यसअघिको ‘लुट्न सके लुट’ गीतका कारण धम्की आएपछि अहिले त्यस्ता प्रकारका गीत निकाल्न डराउनु भएको त छैन भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘हैन, यो गीत हाम्रो देशको यथार्थ गीत हो । जे भइरहेको छ त्यो कुरा गीतमा समावेश गरेको छु ।’