अग्रज कलाकारको सम्मान

पुस, काठमाडौं ।

पछिल्लो समयको लोकप्रिय गीत ‘फूल बुट्टे सारी’ गीतले युट्युबमा करोडबढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ ।  काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो ।

हिजोआज सबै उमेर समूहले फूल बुट्टे सारी मन पराएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताउनु भएको छ । कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको श्रेष्ठको भनाइ छ । सम्मानित मदनकृष्ण र राजबाबुले पनि ‘फूल बुट्टे सारी’गीतको टीमलाई बधाई तथा शुभकामना दिनुभयो । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडिओलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको छ ।  साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ ।

महिला स्वरमा रहेको फूल बुट्टे सारीमा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडिओमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ । बुधबार आयोजित सो कार्यक्रममा दुवै भर्सनको गीतको अडिओ तथा भिडिओका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजुबाबुको हातबाट सम्मान गरिएको थियो ।

महिला र पुरुष स्वरमा दर्शक र स्रोताको मन जित्न सफल फूल बुट्टे सारी गीत अब चाइल्ड भर्सनमा पनि आएको छ । उक्त विशेष समारोहको अवसरमा चाइल्ड भर्स्नको फूल बुट्टे सारी गीत सार्वजनिक गरिएको हो । जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ ।