जीन्दगीको पारा मिलेको चारबर्ष भयो: पल शाह

पुस, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रका युवास्टार पल शाह अहिले म्युजीक भिडियोमा खुबै ब्यस्त हुनुहुन्छ । उहाँले कोरोना भाइरसको महामारीका बिचमै पनि ७० बढी भिडियोमा काम गरिसक्नुभयो । पलले म्युजीक भिडियोको सम्पादन हुँदै मोडलिङ र चलचित्रको अभिनयको यात्रा थाल्नुभएको थियो । अहिले उहाँले जीन्दगीको पारा मिलेको चारबर्ष पुगेको बताउनुभयो ।

बुधबार राजधानीमा एक कार्यक्रमका बिच पल अभिनित ‘पारा मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले जीन्दगीको पारा मिलेको अर्थात आफ्नो जीन्दगीमा राम्रा दिनहरुको सुरुवात भएको चारबर्ष पुगेको बताउनु भएको हो । ‘सायद चार बर्ष पुग्यो होला, लाइफको पारा मिलेको’ पलले भन्नुभयो । ‘दर्शकले मन पराइदिनु भएको छ । यसमै खुसी छु ।’

‘‘पलले जीन्दगीको पारा मिलेको अर्थात आफ्नो जीन्दगीमा राम्रा दिनहरुको सुरुवात भएको चारबर्ष पुगेको बताउनु भएको हो ।’’

पललाई पछिल्लो केहि महिना यता एक प्रश्नले बारबार सताईरहन्छ, त्यो हो, एक यतिधेरै म्युजीक भिडियोमा काम गरिरहनु भएको छ ? आफ्नो करिअर आफैले धरापमा पारे जस्तो लाग्दैन ? यो प्रश्नमा पल भन्नुहुन्छ, ‘अहिलेको समयमा चलचित्र हेर्नका लागी अवस्था छैन । नयाँ चलचित्र बन्न सकेका छैनन् । यो समयमा म्युजीक भिडियो बढि हेरिएको छ । फेरी मैले काम गरेका जतिपनि भिडियोहरु छन्, सबैलाई दर्शकले माया गरिदिनुभएको छ । त्यसैले पनि एकपछि अर्को भिडियोमा काम गरेको हुँ । दर्शकले माया गर्न छाड्ने बित्तिकै मैले पनि भिडियोमा काम गर्न कम गर्छुृ ।’

पलले नेपाल सरकारले कोराना कहरको अवस्थामा केहि खुकुलो पारेपछि आफूले  म्युजीक भिडियो निर्माणमा जुटेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी केहि साथीभाई मिलेर ए है माया बोलेको गीत लकडाउन खुकुलो हुनासाथ जनतन निर्माण गरेका थियौं । दर्शकले निकै मन पराउनुभयो । त्यसपछि दैनिक १० वटा म्युजीक भिडियो बन्ने गरेका छन् ।’ पलले पछिल्लो समय अभिनय गरेका गीतहरु मध्ये केहि युट्युवमा करोड भ्युज पनि पुगेका छन् । पलका अनुसार चारवटा म्युजीक भिडियो करोड भ्युजमा छन् भने अन्य थुप्रै भिडियोहरु ५० लाख माथि भ्युज पुगेका छन् ।

पलले एक भिडियोमा काम गरेको कम्तिमा पनि १ लाख पारिश्रमिक लिने गर्नुहुन्छ । उहाँले आफूले लिएको पारिश्रमिक अनुसार ‘आउटपुट’ पनि दिएको बताउनुहुन्छ । पललाई दैनिक म्युजीक भिडियोमा काम गर्नका लागी अफर आइरहन्छन् ।

बुधबार दामी टिभी युट्युव च्यानलमार्फत सार्वजनिक ‘पारा मिलेन’ बोलको गीतमा निशान भट्टराई र रचना रिमालको स्वर रहेको छ । यस्तै गीतमा डीपी खनालको शब्द, शंकर थापाको संगीत छ । भिडियोमा पल शाहसँगै एलिस राई, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठको अभिनय छ । विधान कार्कीले निर्देशन गर्नुभएको भिडियोमा माधव शर्मा एसोसियट डिरेक्टर हुनुहुन्छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

Music Video:

(आजको हिमालय टाइम्समा प्रकाशित छ)