श्वेताकी बहिनी र पत्रकार उत्सवले कुटपिट गरेको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

...

<p></p><pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।&nbsp; </b></pre><div style="text-align: justify;">नायिका सुष्मा कार्कीले आफूलाई कुटपिट र गालीगलौज गरेके भन्दै अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रमाइलीविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ । उहाले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिनु भएको हो । उहाँहरु बिच हिजो (सोमबार) दरबारमार्गस्थित लण्डन पबमा&nbsp; झगडा भएको थियो ।</div><p></p><p style="text-align: justify; ">सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुग्नु भएको थियो । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गर्नुभएको छ ।</p>