सम्राटको गीत बलिउड कम्पनीसँगको सहकार्यमा हिन्दी भर्सनमा आउने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौ । </b></pre><p style="text-align: justify; ">गायक सम्राट चौलागाईंको नयाँ ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार रहेका सम्राट चौलागाईले इन्डियाको चर्चित म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्ने बताउनु भएको हो । सो म्युजिक कम्पनीको नाम केहि दिनमा सार्वजनिक गर्नेपनि सम्राटले बताउनु भयो ।&nbsp;</p><p style="text-align: justify; ">हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ, तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने कुरा सम्राटले बताए । त्यस्तै यस गीतको कलाकारहरुमा नेपालको चर्चित अभिनेता रहनुहुनेछ । भने केटि मोडलमा बलिउडकै चर्चित अभिनेत्री रहनुहुनेछ । हिन्दी भर्सनमा बन्न लागेको गीतको टिम नेपाल प्राय सबै बलिउडबाटै हुनेछ । बलिउडबाट हुने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनपछि सार्वजनिक गर्ने सम्राटले बताउनु भयो ।</p><p style="text-align: justify; ">‘इस’ बोलको गीतलाई सम्राटसंगै रचना रिमालले गाउनु भएको थियो । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु फिचर्ड भएको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको थियो ।&nbsp;&nbsp;</p>