घिन्ताङ’को शुभमुर्हूत, गौरब र लक्ष्मीको जोडी बाँधिने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ नेपाली चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । मंगलबार राजधानीको कमलादी अवस्थिती गणेश मन्दिरमा कलाकारको टिमसँग निर्माण टिमले चलचित्रको मुर्हूत गरेको हो । चलचित्र दीपक श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा मुख्य अभिनेतामा गौरव पहारी हुनुहुन्छ भने अभिनेत्रीमा लक्ष्मी बर्देवा अनुबन्ध हुनुभएको छ । यसअघि नायिका एलिजा गौतमलाई अनुबन्ध गरिएको थियो भने अन्तिम समयमा उहाँले चलचित्रमा काम नगर्ने भएपछि लक्ष्मीलाई अनुबन्ध गरिएको थियो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">अन्तरजातिय प्रेम बिबाहको कथामा बन्ने यो चलचित्र साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मुल्य’ कथामा आधारित रहनेछ । चलचित्रमा राजु लामाको प्रस्तुती रहेको छ । चलचित्र काठमाण्डौ र चित्लाङमा छायांकन गरिनेछ ।&nbsp;&nbsp;दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले छायांकारको जिम्मेवारी सम्हाल्दै छन् । चलचित्रका प्रोडक्सन डिजाइनर पुष्कर लामा हुन् ।&nbsp;</p>