यस्तो बन्यो ‘तिम्रो हुने कहिले’को शीर्ष गीत (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आगामी बैशाख १० गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘तिम्रो हुने कहिले' को शीर्ष गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टिमले गीत सार्वजनिक गरेका हुन्। गायक बबुल गिरी र गायिका सुजाता केसीको स्वर रहेको गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन  गिरीकै रहेको छ।

सुरेश पाण्डे र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतमा चलचित्रका कलाकार मौसमी ओली, प्रकाश चन्द, कारण पाण्डे, सविन बाँस्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, शेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगायतको अभिनय रहेको छ।  रामकृष्ण चौलागाईंको छायाँकन र  ललितसिंह साउदको सम्पादन रहेको गीत निकै रोमान्टिक बनेको छ। राजु गिरीको निर्देशन रहेको चलचित्रमा निर्माताको रुपमा श्याम खत्री रहेका छन्।

song: