‘फुलबुट्टे सारी’ सँगै महंगीन् मलिका

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र होस या म्युजिक भिडियो। कलाकारहरुले दर्शकको गज्जबको साथ पाएपछि इन्डस्ट्रीमा उनीहरुको माग ह्वात्त बढ्ने गरेको छ। सँगै कलाकारहरुलेपनि आफ्नो परिश्रमिक ह्वात्तै बढाउने गरेका छन्। त्यसतै यतिबेला अभिनेत्री मलिका महत्त निकै महंगीएकी छिन्। उनको अभिनय रहेको गीत ‘फुलबुट्टे सारी’ र ‘टाढा भएपनि’ गीत सर्वाधिक हिट भएपछि उनले आफ्नो पारिश्रमिक बढाएकी हुन्। टिकटकमा हिट भएसँगै युटुबमा पनि निकै कम समयमा करोड बढीले उक्त गीतको भिडियो हेरेका छन्। यी दुबै गीतमा उनले पल शाह सँग रोमान्स गरेकी छिन्।

हालै मात्र सार्वजनिक भएको म्यूजिक भिडियो ‘वर आउन माया’को लागि मलिकाले १ लाख २० हजार पारिश्रमिक लिएको खबर प्राप्त भएको छ । पहिलो चलचित्र 'यात्रा' असफल भएपछि उनी म्यूजिक भिडियो तिर बढि फोकस हुन थालेकी हुन्। हाल भने केन्द्र मोसन पिक्चर्सले उनलाई लिएर नयाँ चलचित्र बनाउने भएको छ। उक्त चलचित्रमापनि उनी म्यूजिक भिडियोमा सबै भन्दा महंगो पारिश्रमिक लिने मोडल पलसँग देखिने भएकी छिन्। दर्शक यी दुईको केमेष्ट्री निकै रुचाएका छन् ।