‘प्रकाश’को छायांकन मनकामनाबाट सुरु

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

निर्देशक दिनेश राउतको निर्देशन रहने चलचित्र ‘प्रकाश’को मनकामनाबाट छायांकन सुरु गरिएको छ । युवास्टार प्रदीप खड्काको मुख्य भूमिका रहने यो चलचित्र बिहीवार शिवरात्रीको अवसरमा मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, निर्देशक, निर्माता र प्राविधिक टोलीद्दारा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरियो। मुहूर्तसँगै चलचित्रको जम्बो टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । चलचित्रको सुरुवातदेखि अन्तिमसम्मको सम्पूर्ण दृश्य त्यही खिचिनेछ। अभिनेता प्रदीप खड्का र नवअभिनेत्री रेनु योगीको जोडी बाँधिएको चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहनेछ।

जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथा चलचित्रले वाचन गर्नेछ। विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा महेन्द्र अधिकारीको एकल लगानी रहनेछ । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्। कलाकार अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ ।