‘दर्पण छायाँपछि’को तयारीमा निरुता

आर्टिष्ट खबर चैत, काठमाडौं ।

केही समयकी हिट नायिका निरुता सिंह लामो समयपछि पून चलचित्र क्षेत्रमा फर्किएकी छिन्। एक समय थियो जुन बेला उनको फोटो छापिएको पोष्टरको भरमा दर्शक चलचित्र हेर्न हलसम्म जान्थे। निरुताले दिएका कैयौँ चलचित्र हिट सबित भएका छन् । १९९३ मा 'रहर' मार्फत चलचित्रमा डेब्यू गरेकी उनका 'दर्पण छायाँ', 'दक्षिणा', 'मन मन्दिर', 'सन्तान', 'दुख', 'सिउदोको सिन्दुर' लगायतका अन्य धेरै चलचित्र हिट सबित भएका छन्। एकपछि अर्को गर्दै हिट चलचित्र दिँदा दिँदै उनी एक्कासी भारत लागिन् । त्यसपछि उनको चलचित्र दर्शकले १२ बर्ष सम्म हेर्न पाएनन्।

१२ वर्षपछि उनी चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरिन्। उक्त चलचित्रमा दर्शकले निरुतालाई निकै मनपराए । तर त्यसपछि उनले अभिनय गरेको चलचित्र दाल भात तरकारीमा उनको अभिनयले जबरजस्ती हसाँउन खोजेको भन्ने ट्याग लाग्यो । उक्त चलचित्रमा उनले दर्शकमार्फत राम्रो प्रतिक्रया पाइनन् र गएको दुई बर्ष सम्म उनले कुनैपनि चलचित्रमा काम गरेकी छैनन् । हाल भने उनी जबरजस्त रुपमा दर्शक सामु प्रस्तुत हुने तरखरको तयारीमा छिन् । उनी आफूले अभिनय गरेको अहिलेसम्मकै सबैभन्दा हिट चलचित्र  ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँपछि’को तयारीमा छिन् । यस चलचित्रमा उनका पुराना दर्पण छायाँेका साथी उत्तम प्रधानले उनको साथ दिने भएका छन् ।

उत्तम र निरुताले मिलेर निर्माण गर्ने ‘दर्पण छायाँपछि’ ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै शुरुहुने बताइएको छ भने उत्तमलेनै चलचित्रको कथा तयार पार्ने बुझिएको छ । यस चलचित्रमा पनि दर्शकले पहिलाकै पात्रहरुलाई हेर्न पाउने भएका छन्। उत्तम सँगै चलचित्रमा निरुता र दीलिप रायमाझीको मुख्य भूमिका रहनेछ। गएको शनिवार भएको नेफ्टा अवार्डमा यस चलचित्रका बारेमा निरुताले बताएकी थिइन् । कोरोनाका कारण बन्द भएको नेपाल भारत बोडर खुले लगत्तै छायांकनकालागि फ्लोरमा निस्किने उनले बताइन्।