प्रियंका-निकद्दारा ओस्कार २०२१का मनोनीतको नाम घोषणा

एजेन्सी ।

एकेडेमी अवार्ड (ओस्कर) को ९३औं संस्करणका लागि मनोनीतहरुको सूची सार्वजनिक गरिएको छ । सोमबार बिहान जोनस दम्पत्ती प्रियंका चोपडा र निक जोनसले भर्चुअल रुपमा मनोनीतहरुको नाम घोषणा गरेका हुन्  । यस वर्षको ओस्कर नोमिनेसनमा महिलाहरुको वर्चस्व रह्यो । यस वर्ष ७० महिला जम्मा ७६ विधाको नोमिनेसनमा पर्न सफल भए ।

चलचित्र ‘म्यांक’ १० विधामा मनोनयनमा परेर सबैभन्दा धेरै मनोनयनमा पर्न सफल बनेको छ । यस्तै चलचित्र ‘मिनारी’, ‘द फादर’, ‘जुडस एन्ड द ब्ल्याक’, ‘नोम्याडल्यान्ड’, ‘साउन्ड अफ मेटल’, ‘द ट्रायल अफ सिकागो सेभेन’ ६ विधामा मनोनयनमा पर्न सफल बने ।  यस्तै अभिनेत्री प्रियंका चोपडाको चलचित्र ‘द ह्वाइट टाइगर’ बाँकी चार चलचित्रसहित ‘एडप्टेड स्क्रिनप्ले’ विधामा मनोनयनमा परेको छ ।

अन्तर्राष्ट्रिय फिचर फिल्मको सूचीमा डेनमार्क, हङकङ, रोमानिया, टुयुनिसिया र बोस्निया एन्ड हेर्जगोभिनाका चलचित्रहरु क्रमश ‘ऐन्दर राउन्ड’, ‘बेटर डेज’, ‘कलेक्टिभ’, ‘द म्यान हु सोल्ड हिज स्किन’ र ‘क्वो वाडिस आइडा’ पर्न सफल बने । चलचित्र ‘मुलान’ कस्ट्युम डिजाइन विधामा र चलचित्र ‘टेनेट’ प्रोडक्सन डिजाइन विधामा परेका छन् । कोरोनाका कारण ढिला भएको यस ९३औं ओस्कर अवार्ड अप्रिल २५ (आइतबार) एबीसीबाट प्रसारण हुँदै छ ।