हेटौडाबाट ‘ए साथी सुन’को छायांकन शुरु

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

अभिनेत्री वर्षा सिवाकोटी अभिनित नयाँ चलचित्र ‘ए साथी सुन’को छायांकन मंगलबार हेटौडाबाट सुरु गरिएको छ। छायांकन सुरु हुनुभन्दा एक साता अगाडि निर्माणपक्षले चलचित्रको नाम ‘कालिपुरुष’ परिवर्तन गरी  ‘ए साथी सुन’ राखेका हुन्। राम राघव आचार्यको निर्देशनमा तयार हुन लागेको चलचित्रको प्रि प्रोडक्शन भने  ‘कालिपुरुष’ नाम राखेर सुरु भएको थियो। चलचित्र फ्लोरमा निस्किएको भन्दै वर्षाले सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । उनले फोटो सेयर गर्दै यस चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छिन्।

चलचित्रको स्क्रिप्ट मन परेकाले यसमा काम गर्न लागेको उनले बताएकी छिन् । हेटौडापछि धरानमा छायांकन हुने बताइएको यस चलचित्रमा वर्षा नव–नायक रमेश बाँनियासँग एकसाथ पर्दामा देखिने भएकी छिन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुने चलचित्रमा विना कार्कीको लगानी रहेको छ ।

छायांकन सुरु हुनु भन्दा एक साता अगाडि भने वर्षा आफ्नो व्यापारिक काम र घुमघामका दुबई पुगेकी थिइन् ।