चैत ८ गतेदेखि ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुने

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

चैत्र ८ गतेदेखि १४ गतेसम्म बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ। सांस्कृतिक राष्ट्रिय नाचघर, डबली थियटरको आयोजनमा र वाग्मती प्रदेश सरकारको सहयोगमा यो फेस्टिभल सञ्चालन हुन लागेको हो।  फेस्टिभल राष्ट्रिय नाचघरको नाट्यशालामा सञ्चालन हुनेछ ।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले उक्त नाटक मञ्चन गरिएको हो । यसमा चर्या नृत्यका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनेछ ।  मञ्चन हुने सबै नाटकहरु बुद्धको जीवनशैली र दर्शनसँग सम्बन्धित हुनेछन् । हामी सबै भित्र भएको बुद्दलाई कसरी चिन्ने भनेर यो फेस्टिबलले बुझाउनेछ ।

सात दिन हुने फेस्टिबलमा विभिन्न नामका नाटक प्रदर्शन हुनेछन्। यसका निर्देशक डा.दानी कर्माकार हुन्। चैत ८ गते शुरुमा भारतको रविन्द्रनगर नाट्ययुधमा ‘तथागत’ नाटक मञ्चन हुँदैछ । यस्तै  चैत १० गते निशा पाख्रिन निर्देशित नाटक ताग्मोल्हुईजीन नाटक सोलो थिएटरमा प्रदर्शन हुँदैछ। चैत ११ गते सुदिप जंग कार्कीको निर्देशनमा जोराहाट थिएटरमा मालिनी प्रदर्शन हुँदैछ। चैत १२ गते हङकङमा निर्देशकहरुको छलफल र कार्यपत्र प्रस्तुत हुँदैछ। यस्तै चैत १३ गते सुदिप डंगोल निर्देशित नाटक विम्बका सपना माला आर्ट एकेडेमीमा प्रदर्शन हुँदैछ। र अन्तिम दिन चैत १४ गते विरेन्द्र हमालको निर्देशनमा नाँचघरमा विशेष नृत्यका साथमा कार्यक्रम समापन हुने योजना रहेको छ।