‘सामाजिक संजालमा हुने देखावटी नटक बन्द गर्ने निर्णय लिए’ : आमिर खान

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई,एजेन्सी ।</span></pre><p style="text-align: justify; ">१४ मार्चमा आफ्नो जन्मदिन मनाएका बलिउड अभिनेता आमिर खानले आफ्ना प्रसंशक, शुभचिन्तक तथा आफन्तजनहरुलाई अन्तिम पटक सामाजिक संजालको माध्यमबाट धन्यवाद दिए । साथै उनले सामाजिक संजालमा यही नै आफ्नो&nbsp; अन्तिम उपस्थिती भएको जनाए । उनले जन्मदिनमा शुभकामना दिएका सबैलाई धन्यवाद ब्यक्त गर्दै सामाजिक संजाल छाडेका हुन् । </p><p style="text-align: justify; ">उनले भनेका छन्, 'सामाजिक संजालमा यहीँनै मेरो अन्तिम पोष्ट हो । मैले यो संजालमा हुने देखावटी नटक बन्द गर्ने निर्णय लिएको छु । तर म सामाजिक संजालबाटमात्र टाढा भएको हुँ, तपाईहरुबाट होइन।' उनले आफ्नो आधिकारिक च्यानल आमिर खान प्रडक्शनबाट भने प्रशंसकहरुसमक्ष सम्पर्कमा रहने बताएका छन्।</p><p style="text-align: justify; ">उनले सामाजक संजाललाई दिने समय अन्य राम्रा कामकालागि खर्च गर्ने बताउँदै उनी यसबाट टाढा भएका हुन् । फेसबुक,इन्टाग्राम लगायतका संजालबाट टाढा रहँने उनी पहिलो कलाकार भने हाइनन् । यसअघि थुप्रै बलिउड हस्तीहरुले सामाजिक संजाल त्यागीसकेका छन् ।&nbsp;</p>