अनाथ बालबालिका सहयोगार्थ कन्सर्टमा भिटेनको पनि प्रस्तुती रहने

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

आउँदो नयाँ वर्षको अवसरमा दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्‍यापर  समिर घिसिङ ‘भिटेन’ तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ आउने भएका छन्  ।

यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत ‘फुलबुट्टे सारी’ गायिका मिलन नेवारको पनि प्रस्तुति रहने छ । यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास, गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ । चैत २१ गतेको कार्यक्रमको लागी अग्रिम ई सेवा मार्फत अनलाइन टिकट काट्न सकिने आयोजक पक्षले जानकारी दिएको छ ।

टिकट दर भने प्रतिव्यक्ति रु ५०० रहने छ ।दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको छेको पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि.ए. इन्टरप्राइजेज रहेको छ ।