‘महामूर्ख’को उपाधि मह-जोडीलाई

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><p style="text-align: justify; ">चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई 'महामूर्ख'को उपाधि प्रदान गरिएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले दिँदै आएको 'महामूर्ख'को उपाधि महजोडीलाई प्रदान गरिएको हो। आईतबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनीहरु दुवै जनालाई मिनापले 'महामूर्ख' घोषणा गरेको हो।</p><p style="text-align: justify; ">मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य साँस्कृतिक कार्यक्रमसहित 'महामूर्ख' सम्मेलनको आयोजना गर्दै आएको छ । मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्दै आएको हो । अघिल्लो वर्ष प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । विसं २०६१ सालबाट जनकपुरधाममा 'महामूर्ख' सम्मेलनको आयोजन हुँदै आएको छ।&nbsp;</p>