१८ वर्ष कान्छी प्रेमिकासँग लिभिङ्ग टुगेदरमा राहुल देव

मुम्बई,एजेन्सी ।

भर्सटायल अभिनेता राहुल देव हाल आफू भन्दा १८ वर्ष कान्छी प्रेमिकासँग लिभिङ्ग टुगेदरमा रहँदै आएका छन् । दमदार अभिनयका कारण कलाकारिता क्षेत्रमा उच्च स्थान बनाउन सफल  उनले आफ्ना निजी जीवनमा भने निकै उतारचढाव सहनु परेको छ । सन् १९९८ मा लभ रिना सँग उनले बिवाह गरे। तर केही समयपछि उनकी श्रीमतीलाई क्यान्सर देखियो र उनको मृत्यु हुन पुग्यो। त्यसपछि लामो समयसम्म उनले बिवाह गरेनन् । यधपी उनी प्रेम समबन्धमा समेत रहेनन् । हाल भने उनको जीवनमा प्रेम एकपटक फेरी फर्किएको छ। उनी आफू भन्दा १८ वर्ष कान्छी नायिका मुग्धा गोडसेसँग लिभिग टुगेदरमा रहँदै आएका छन्। उनले खुल्ला रुपमा मिडियासँग पनि आफूहरुको सम्बन्ध बारे स्वीकारेका छन् । राहुलले एक भारतिय मिडियासँग कुरा गर्दै भनेका छन् ''हामी बीच करिब १८ वर्षको अन्तर छ तर हामीले यो कुरालाई आफूबीच ल्याएका छैनौँ। हामी हाम्रो सम्बन्धलाई लिएर सन्तुष्ट छौँ।''

उनले आफू र मुग्धा पछिल्लो सात वर्षदेखि सँगै भएको बताउँदै बिवाहका लागि समाजले दिने गरेको दबाब बारे बोले ''बिवाह भनेको समाज र परिवारलाई देखाउँनका लागि गर्ने एक चलन मात्र हो। सबैभन्दा महत्वपूर्ण कुरा भनेको दुई व्यक्ति जो साथमा छन् उनीहरु खुसी हुनुपर्दछ। त्यही नै हो सुमधुर सम्बन्ध,एक सुखी र खुशी जीवन।''