आज अनमोल केसीको जन्मदिन, कति वर्ष लागे ?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चर्चित अभिनेता अनमोल केसी आज आफ्नो २७ औं जन्मदिन मनाउँदैछन्। आफुलाई एक स्टारको रुपमा चिनाउन सफल उनलाई शुभकामना दिनेहरुको बिहानैबाट ओहिरो लागेको छ । उनका आफन्त, साथीभाई शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् । यसैगरी उनका बुबा अभिनेता भुवन केसीले एक तस्बिर पोस्ट गर्दै शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिलै प्यारो र स्मार्ट बच्चा लाग्छ । जन्मदिनको शुभकामना !! तिम्रो चाहना र सपना सबै पुरा होस् ।’

‘होस्टेल’बाट चलचित्रमा भित्रीएका उनले गाजलु, ‘जेरी, ड्रिम्स,  कृ, क्याप्टेन, ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् । हाल उनी आफु अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त छन् ।