नेपालगन्जका युवा ब्यावसायीद्धारा धुर्मुसलाई ५ लाख सहयोग (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, नेपालगन्ज ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ मेची महाकाली अभियानको क्रममा धुर्मुस सुन्तली फाउण्डेशनको टिम नेपालगन्ज आइपुगेको छ । बाँकेको नेपालगन्जमा हिजो (बुधबार) आइपुग्दा युवा ब्यावसायीहरुले एकै ठाउँबाट पाँच जनाले ५ लाख सहयोग गरेका छन् ।

जनस्तरबाट बनिरहेको उक्त रंगशालाका लागी नारायण पंगेनी, झबिन्द्र प्रसाद मराशैनी, बिमल ढकाल, बिष्णु बहादुर रिमाल र जिव नारायण बेलबासेले धुर्मुसलाई पाँच लाख हस्तान्तरण गरेका हुन् । साथै उनीहरुले आगामी दिनमा पनि रंगशाला निर्माणमा आइपर्ने समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले मेची महाकाली अभियानको क्रममा नेपालगन्जका युवाहरुले गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गरे ।  अभियानमा हास्य कलाकार अर्जुन घिमिरे र अभियान्ता अर्जुन भुसाल पनि सँगै छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः