रणधीर कपुरले कान्छो नातीको फोटो सेयर गर्नेबित्तिकै किन डिलिट गरे?

मुम्बई,एजेन्सी ।

दोस्रोपटक आमा–बुवा बनेका बलिउडका चर्चित जोडी अभिनेत्री करिना कपुर खान र अभिनेता सैफ अली खानले हालसम्म आफ्नो दास्रो सन्तानको फोटो सार्वजनिक गरेका छैनन्। फेब्रुअरीमा आफ्नो कान्छो छोरालाई जन्माएकी करिनाले अन्तरराष्ट्रिय महिला दिवसको दिन छोरासँग फोटो सेयर त गरेकी थिइन्। तर फोटामा बच्चाको अनुहार छोपिएको थियो।

हाल भने करिनाका पिता रणधीर कपुरको एक हर्कतले सोसल मिडिया तातेको छ। सोमबार रणधीरले सोसल मिडियामा एउटा फोटो सेयर गरे लगत्तै डिलिट गरेका छन् । उनले आफ्नो सोसल मिडिया अकाउन्टमा दुईवटा फोटो सेयर गरेका थिए। एउटा फोटो त तैमुरको थियो र अर्को फोटो पनि तैमुरकै जस्तै देखिएको थियो तर तैमुरनै चाहिँ थिएनन् । केही समयअघि रणधीरले एक अन्तरवार्तामा करिनाका दोस्रो छोरापनि उनको दादा तैमुरजस्तै देखिने बताएका थिए । यसबाट सिधैँ उक्त फोटो करिनाका कान्छो छोराको नै हुनसक्ने भन्ने प्रशंसकहरुको अनुमान रहेको छ।

तर सत प्रतिशत तैमुरकै भाइ हो  भन्ने पक्का हुन नपाउदै उक्त फोटो सोसल मिडियाबाट हटाइएको छ। अर्थात पोष्टगरे लगत्तै रणधीरले यो फोटो डिलिट गरिदिएका छन्। उनले फोटो डिलिट गरेपनि सोसल मिडियामा भने उक्त फोटो भाइरल भएको छ। प्रशंसकहरु उक्त फोटो क-कसको हो भन्ने बिषयमा जान्न उत्सुक रहेको देखिएको छ। सर्वप्रथम अप्लोड गरिसकेको फोटो किन डिलिट गरेको भन्ने बिषयमा प्रशंसक अच्चमित परेका छन्।