बलि प्रथामा आधारित गीतको भिडियो सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/र्बैशाख काठमाडौं।</b></pre><p style="text-align: justify; ">प्रत्येक बर्ष ठुला चाडपर्व शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ। एकातर्फ बलि शास्त्रसम्मत भएको दावी गर्दै आएका छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन्। यसैबीच बलि दिएर मात्र धर्म नहुने भन्दै गीतकार तथा साहित्यकार भगवति न्यौपानेले एक गीत तयार पारेकी छन् ।</p><p style="text-align: justify; ">‘बलि’ शिर्षकको उक्त गीतमा कुलेन्द्र बि.क.को स्वर, राजेश थापाको संगीत तथा भगवति न्यौपानेको शब्द रचना रहेको छ । गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन्। प्रवासमा रहेर पनि उनले निरन्तर नेपाली गीत लेख्दै आएकी छन्। गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ। ‘बलि’ गीतको भिडियोमा कलाकार सुरविर पण्डितले अभिनय गरेका छन्। भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन् भने फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन्।</p><pre style="text-align: justify; "><b>song:</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/lUsJzkR5F6w" width="640" height="360" class="note-video-clip"></iframe><br></p>