नायिका ऋचा शर्मा आमा बन्दै

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

चर्चित नायिका ऋचा शर्मा गर्भवती भएकी छिन्। नयाँ वर्षको अवसर पारेर नायिका शर्माले बुधबार बिहानै सामाजिक संजालमार्फत श्रीमान दिपेक्ष विक्रम राणासँगको एक फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्। ऋचाले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा,आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ।

आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठुली भई।'

यसअघि नायिका गरिमा पन्त र अर्की नायिका प्रियंका कार्कीले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटिसकेका छन्।