अन्तर्राष्ट्रियस्तर निबन्ध लेखन प्रतियोगिता आयोजना हुदैँ

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन समस्या र समाधान’ शीर्षकमा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ। सहभागीले यही वैशाख २९ भित्र २ हजार ५ सयदेखि ३ हजार ५ सय शब्दसम्मको निबन्ध लेखी आयोजकलाई पठाउन सक्नेछन्। अनेरास्ववियूका जिल्ला नेता मिलन खत्रीका अनुसार निबन्ध लेखन प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ८ सय,दोस्रो हुनेले २३ हजार ८ सय र तेस्रो हुनेले ११ हजार ९ सय रुपैयाँ पुरस्कार पाउने बताएका छन्। उनले भने ‘प्रतियोगीले आयोजकलाई प्रत्यक्ष वा इमेलमार्फत् निबन्ध पठाउन सक्नेछन्।’

पढाइका लागि युवा विदेश जाने तर पढाइ सकेर दक्ष भएपछि उतै पलाउन हुने समस्याले बौद्धिक जनशक्ति रित्तिँदैजाने अवस्था आएको खत्रीले बताए। 'यो निकै गम्भीर समस्या बनेको हुनाले यस विषयलाई अन्तर्राष्ट्रियस्तरमा बहसको विषय बनाउन निबन्ध प्रतियोगिता आयोजना गरिएको हो।’ उनले भने

इलामको चमैतामा जन्मेका सहिद रत्नकुमार बान्तवाको ७०औं जन्मजयन्ती तथा ४३औं स्मृति दिवस अवसरमा अनेरास्ववियूले प्रतियोगिता आयोजना गरेको हो। संगठन विस्तारक्रममा इलामकै इभाङ पुगेका बान्तवालाई तत्कालीन सत्ताले २०३५ साल चैत २७ मा गोली हानी हत्या गरेको थियो। कम्युनिस्ट योद्धा रत्नकुमार दुवै हातले उत्तिकै लेख्नसक्ने क्षमता भएका प्रतिभाशाली व्यक्ति मानिन्थे।