उस्तै छ फिल्म हलको अवस्था

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

नेपाली चलचित्र (फिल्म) क्षेत्र थलिएको एकबर्ष पुरा भइसकेको छ। देशभरका सय बढी सक्रिए हलहरुले दर्शक नदेखेको एकबर्ष पुरा भइसक्दा पनि अझै उकासिने कुनै लक्षण देखिएको छैन । कोरोना कहरले पर्यटन क्षेत्रसँगै सबैभन्दा थलिएको अर्को क्षेत्रको फिल्मी क्षेत्र । मुख्य शहरहरुमा राखिएका ठुला मिल्टप्लेक्स देखी सिंगल थिएटरहरु भाडा तिरेर बसेको बर्षौ भइसक्दा सरकारले कुनै राहतको प्याकेज ल्याएको छैन । हल सञ्चालकहरु पर्ख र हेरको अवस्थामै छन् ।

नयाँ बर्ष (०७८) आएसँगै चलचित्र क्षेत्र केहि उकासिन्छ कि भन्ने चलचित्रकर्मिहरुमा आशा थियो तर कोरोना कहर दोस्रो चरणमा फैलिन थालेपछि झनै तनाव अवस्था आउने होकि भनेर संका गर्न थालिएको छ । यो कोरोना कहर पछि केहि ठुलो चलचित्र हलहरु सदाका लागी बन्द पनि भइसकेका छन् । यस्तै अवस्थाका कारण काठमाडौंमा रहेको जय नेपाल हल सधैंका लागी बन्द भइसकेको छ । यस्तै अन्य हल सञ्चालकहरु पनि के गर्ने भन्ने अन्योलमा छन् ।

अहिले निर्माण भएर प्रदर्शनको तयारी अवस्थामा रहेका नेपाली चलचित्रहरु प्रदर्शन गर्ने अवस्थामा छैनन्। निर्माताहरु पनि दर्शक आउछन् भन्ने ढुक्क नहुँदा तयारी अवस्थामा रहेका फिल्म प्रदर्शन गर्ने आँट गरेका छैनन् । केहि साना लगानीमा बनेको चलचित्र प्रदर्शन गरिएको छ तर दर्शकको अवस्था शुन्य छ । गएको साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘श्री’मा दर्शकको अवस्था शुन्य जस्तै छ । शुक्रबार साँझ ‘क्युएफएक्स’ चेनको अनलाइन बुकिङ हेर्ने हो भने सिभिल मलमा रहेको हलका लागी प्रदर्शन हुनु भन्दा एकघण्टा अघि मात्रै २ सय ३४ वटा सिट संख्यामा जम्मा २ वटा टिकट ‘सोल्ड’ भएको देखिएको थियो। नेपाली चलचित्रमा मात्रै दर्शकको संख्या यस्तो भने होइन, बलिउड तथा हलिउड चलचित्रमा पनि दर्शकको संख्या उस्तै छ ।

शुक्रबार बलिउड चलचित्र ‘मुम्बई सागा’लाई सिभिल मलमा रहेको क्युएफएक्सले दिएको शो मा जम्मा दुई वटा टिकल बुकिङ मात्र थियो। यस्तै ललितपुरमा रहेको लबिम मलमा उक्त चलचित्रलाई दिइएको ६ बजेको शोमा पनि दुई घण्टा अगाडी हेर्दा जम्मा २ वटा टिक सोल्ड भएको देखिन्थ्यो । यस्तै हलिउड चलचित्र ‘नोवडी’को अवस्था पनि उस्तै थियो।

यसरी हेर्दा केन्द्रिय राजधानीका हलहरुको अवस्था र राजधानी बाहिरका हलको अवस्था उस्तै छ । कोरोना कहर सकिएला र चलचित्र क्षेत्र पहिलेकै अवस्थामा फर्किएला भन्ने चलचित्रकर्मिहरुको आशा निराशामा बदलिएको छ। सरकारले फेरी लकडाउन गर्छ कि भन्ने हल्लाले चलचित्रकर्मि तथा हल सञ्चालकहरु थप चिन्तामा छन् ।