रहिनन् गायिका लासिमित

जेठ, काठमाडौं ।

नेपाली चलचित्र तथा आधुनिक गीतकी गायिका लासिमित राईको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएकी ५३ वर्षीया राईको शुक्रबार निधन भएको हो । शुक्रबार नै नेपाली सेनाको टोलीबाट उहाको अन्त्येष्टि गरिएको जनाईएको छ ।

गायिका राईको निधनमा अन्य थुप्रै कलाकारहरुले पनि दुःख व्यक्त गरेका छन् । गायक राजेशपायल राईले सामाजिक सञ्जाल फेसबुकमा ऋद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाउनु भएको छ । राईको ‘गाउँले’मा समावेश ‘मायालुको मुहारै हँसिलो’, ‘लेखान्त’को ‘संगसंगै बाँच्न पाउँ, संगसंगै मर्न पाउँ’, ‘परदेशी कान्छा’मा समावेश ‘मरि गए मुरी माटो बाँचे सगरमाथा’, ‘माझी दाई’को ‘आज मैले राम नामै जपेँ’ ईत्यादी उनका चलचित्रका रुचाईएका गीतहरु हुन् । त्यस्तै आधुनिकतर्फ ‘सुनकोशीको सुनको पानी’, ‘सम्झनाले’, ‘लाग्यो कि गोली’, ‘घामले पनि पोल्छ’, ‘चुलबुले मन’, ‘किन तिमी टाढा भयौं’ ईत्यादी रुचाईएका गीत हुन् ।

भारतको राङ्गु जल्पाईगुडीमा जन्मिएकी राई तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय हुनुहुन्थ्यो । ललितपुर सातदोबाटोमा बस्दै आएकी उनले गतवर्ष मात्रै श्रीमान गुमाउनु भएको थियो । निःसन्तान उहा श्रीमानको निधनपछि मानसिक रुपमा कमजोर हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गर्नुभएकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आउनु भएको थियो ।