‘चुरीफुरी’ टिमद्धारा २५ परिवारलाई राहत

आर्टिष्ट खबर, जेठ, काठमाडौं ।

चलचित्र ‘चुरीफुरी’ परिवारले बुधबार कोरोना महामारीले गरिएको  लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धरामा रहेका केही पिडितहरुलाई खाध्यान्न तथा मास्क प्रदान गरेको छ ।

गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरहरुलाई  चामल, तेल,नुन, बिस्कुट ,मास्क जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषीराज आचार्यले बताउनु भएको छ ।

चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत बितरन चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह निर्माता बिमला भुसालले  राहत बितरण गर्नुभएको हो । महामारीमा थोरै भएपनी राहत होस भनेर केही पीडितहरुलाई राहत बाडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताउउनु भएको छ ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल (जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रशाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङ लगायतको अभिनय रहेको छ । राहुल राईको छायांकन रहेको चलचित्रमा  ऋषिराज सँगै रिना ढकालको लगानी रहेको छ ।