जुठे र हल्का रमाइलो टिमद्धारा गोरखाका ६६ विपन्न परिवारलाई राहत वितरण

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

लोकप्रिय दुई टेलिश्रृंखला 'जुठे' र 'हल्का रमाइलो'को टिमले गोरखामा ६६ विपन्न परिवारलाई राहत बितरण गरेको छ । 'जुठे' र 'हल्का रमाइलो'का मुख्य पात्र, लेखक तथा निर्देशकद्धय मरिचमान श्रेष्ठ र राजु पौडेल लगायतको टिम मंगलबार पानी परिरहेको समयमा पनि गोरखाको गण्डकी गाउँपालिका वडा नं. १ मा पुगेको थियो । त्यहाँ रहेका ५० घर सुनार र परियार, त्यस्तै १५/१६ घर चेपांग, नेवार र गुरुंग गरी जम्मा ६६ घरधुरीमा राहत वितरण गरिएको मरिचमान श्रेष्ठ (बल्छि धुर्बे, जुठे)ले जानकारी दिएका छन् ।

कलाकारहरु आफै उक्त स्थानमा पुगेर खाद्यान्न सामाग्री घरघर सम्म बोकेरै हिडेका थिए । 'जुठे'का जिम्मल रबि गिरीसँगै बिद्या कार्की, रामबाबु रेग्मी यस्तै हल्का रमाइलोका कृष्ण सिवाकोटी, अनिता बस्नेत लगायतको कलाकारको टिम पुगेको थियो । यस्तै बल्छिले आफूहरुले वितरण गरेको खाद्यान्नका लागी कुनै ब्यक्ति वा संघसंस्थाबाट उठाइएको रकम नभएको प्रष्ट पारेका छन् । लेखक, निर्देशक तथा कलाकार राजु पौडेलले आफूहरुले सकेको सहयोग गरेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताएका छन् ।

उक्त कार्यक्रमका लागी गाउँपालिका अध्यक्ष होम बहादुर राना, वडा सदस्य मिन बहादुर सुनारसँगै ललीता अधिकारी, मुक्तान गुरुंग लगायतको टिमले सहजीकरण गरेको थियो ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः