ज्योती सिङ्गिङ स्टारको पहिलो चरणको नतिजा सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

ज्योती म्युजिकले आयोजना गरेको ज्योती सिङ्गिङ स्टारको पहिलो चरणको नतिजा मंगलबार प्रकाशित गरेको छ । नेपाली बिधामा १ सय २६ जना र नेपालभाषामा ९० जना उक्त प्रतियोगीतामा सहभागि भएका थिए ।

निर्णायकहरुको निर्णयबाट नेपालीभाषा बिधाबाट ४७ जना र नेपालभाषाबाट  ३० जना उत्कृष्ट प्रतियोगीहरुको छनौट गरिएको छ । उक्त नतिजा ज्योती म्युजिकको अफिसियल फेसबुक पेजमा अपलोड गरिएको आयोजकमध्येका एक अमोघवीर बज्राचार्यले बताउनु भयो ।

यस प्रतियोगितामा १३ वर्षमाथिका देश तथा विदेशमा रहेका नेपालीको सहभागीता थियो । ज्योति सिङ्गिङ स्टार नेपाल भाषा र नेपाली भाषा दुवैतर्फका विजेता प्रथम, द्वितीय र तृतीय गायक, गायिकाले आफ्नो एकल गीत रेकर्ड गर्ने मौका पाउने छन् ।

साथै ६ जना गायक तथा गायिकाका म्युजिक भिडिओ ज्योति म्युजिकले निर्माण गरिदिने छ । उक्त भिडिओ ज्योति म्युजिकको अफिसियल च्यानलमा अपलोड हुने बताइएको छ । साथै विजेता ६ जना गायक तथा गायिका अन्य विभिन्न पुरस्कार पनि प्राप्त गर्ने छन् ।