पुस्कल शर्माको नयाँ दशैं गीत दाजुभाई सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

लोकप्रिय गायक पुस्कल शर्माले नयाँ दशैं गीत सार्वजनिक गरेका छन् । दाजुभाई बोलको गीतमा पुस्कल र कुशल बेलबासेको स्वर रहेको छ । दाजु बैदेशीक रोजगारीमा गएको र भाई घरमै रहेर दाजुलाई सम्झिएको कथामा रहेको यो गीतमा शब्द तथा संगीत पुस्कलकै रहेको छ ।

भिडियोमा पुस्कलसँगै हिउवाला गौतम, अन्जली अधिकारी र सुरज घिमिरेको अभिनय रहेको छ । भिडियोको निर्देशन पुस्कल आफैले गरेका हुन् । सुरेश श्रेष्ठले खिचेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन् । गीत मार्मिक रहेको छ । जेठो छोरा बिदेशमा रहँदा आमा र घरपरिवारलाई सम्झेर लेखेको चिठीलाई गीतमा उतारिएको छ ।

गीतबारे पुस्कलले आर्टिष्ट खबरसँग भनेका छन्, ‘पुस्कलले सधैं रुवाउने गीत ल्याउँछ भन्ने गर्नुहुन्छ, दशैंको लागी केहि फरक कोसेली ल्याएको छु । आशा छ मेरा यसअघिका गीतजस्तै माया गरिदिनुहुनेछ ।’ पुस्कलले यस गीत दुईबर्ष अघिनै लेखेको र त्यो समयमै सार्वजनिक गर्न खोजेको तर कोभिडका कारण भिडियो छायांकनमा समस्या भएकाले अहिलेको दशैंमा सार्वजनिक गरेको बताए ।

भिडियो