कमेडी च्याम्पियन माथि पुन्य गौतमको अर्को कमेडी

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

कमेडी च्याम्पियन सिजन २ को बिजेता भरतमणी पौडेल भएको कुरा त पक्कै थाहा पाइसक्नुभएको छ । यो रिपोर्टमा हामी बिजेताको कुरा होइन । बिजेता भन्दा पनि उत्साहित भएका पुन्य गौतमको कुरा गछौं ।

कमेडी च्याम्पियन सिजन २ को फिनाले कार्यक्रममा पुन्य गौतम चिच्याएको र उत्साहित हुँदै हतारो हतारो गर्दै स्टेजमा छिरेको दृश्य निकै रोचक छ । यहाँ समावेश गरिएको भिडियो हेर्नुभयो भने दृश्यसहित अझ मज्जा आउनेछ ।

असार २ गते कमेडी च्याम्पियन सिजन २ को फिनाले कार्यक्रममा मिडियाहरु गेटमै थिए । रातको झण्डै ९ बजिसकेको थियो । त्यसैबेला पुन्य गौतमको इन्ट्री हुन्छ । साथमा उनले आफ्नो सहयोगीको रुपमा नेपाली चार्लि उपनाम दिँदै अर्का एकजना साथीलाई पनि लिएर आउँछन् । हातले गन्न नसकिने क्यामेराहरु आफ्नो अगाडी देखेपछि पुन्यलाई के चाहियो र उनी क्यामेरा अगाडी बोल्न खोजेको आसय बुझेपछि र थुप्रै युट्युवरलाई पनि भिडियो सामाग्री चाहिएको बुझेपछि मैले उनलाई कुराकानीका लागी अगाडी बोलाएँ । अन्तर्वार्ता सुरु गर्नुअघि उनको अर्का साथीको पनि मिडियामा बोल्ने धोको पुरा गरिदिनका लागी सँगै राख्छन् र मलाई सम्झाउँछन्, नेपाली चार्लिपनि हुनुहुन्छ है..

कुराकानी सुरु गरिसकेपछि मेरो पहिलो प्रश्नको उत्तर दिनुअघि मलाई फुरुंग पार्न पनि भ्याउँछन् । अर्थात मेरो पोशाकलाई लिएर केहि रमाइलो गरिदिन्छन् ।  कुराकानीमा केके भयो भन्ने कुरा यसै भिडियोको अन्तिमतिर हेर्नुहोला । अहिले केहि अगाडी बढौं । अन्तर्वार्ता सकेपछि केहिबेरमा कमेडी च्याम्पियनका जज् सन्तोष पन्तको इन्ट्री हुन्छ । हतपत सन्तोषको नजिक पुगेका पुन्यले सन्तोष दाई नमस्ते भन्छन् र सन्तोष पन्तले पनि ए.. पुन्य जी. भन्दै नमस्ते फर्काएर आफ्नो बाटो लाग्छन् । पुन्यको सन्तोष पन्तसँग केहिबेर बोल्ने धोको यहाँनिर भने पुराहुन सकेन ।

रातको ११ बजे कमेडी च्याम्पियन सिजन २ को बिजेता घोषणा गर्ने कुरा थियो । घडीमा २ घण्टा भन्दा बढी समय बाँकी थियो । पुन्य गौतम भने त्यो समय कुर्न कुनै अल्छि मानेकै थिएनन । अब कुरा गरौं बिजेता घोषणा भइसकेपछिको कुरा ।

केहिबेर अघिको अन्तर्वार्तामा बिजेता भरतमणी हुनुपर्छ भन्ने चाहेका पुन्य गौतमले जब कमेडी च्याम्पियन सिजन २ को बिजेता भरतमणी पौडेल हुनुभयो भन्ने घोषणा भयो । त्यसपछि के चाहियो र हतपत गेटमा रहेका प्रहरीहरुलाई पनि कुरा मिलाएर भित्र छिर्छन् ।

अगाडी फुलमाला लगाएर काँधमा बोकिसके तर पुन्य गौतम स्टेजमा पुगेकै छैनन् । लौ बबार्द भयो, अरुले बोकिसके…… हतार हतार मान्छे पन्छाउँदै पुन्य स्टेजमा पुग्छन् । भरतमणीका अन्य समर्थकले उनलाई छाडेकै छैनन्, पुन्यको आशय हेर्दा एकपटक काँधमा बोकेर घुमाउन चाहान्थे तर धोको पुरा हुने छाँटकाँट देखिन्थेन ।

तर पनि पुन्यले हरेश भने खाएकै छैनन् । हेर्नुस त छेऊछेऊमा अझैपनि घुमेकै छन् । …… जे होस् पुन्य गौतमले भरतमणीका लागी भोट मागेका पनि थिए र आज भरतमणीले कमेडी च्याम्पियन जितेरै छाडे । अब पुन्य गौतमलाई निन्द्रा मज्जैले लाग्नेभयो ।

Video Report: