आर्टिष्ट खबर/ असोज, काठमाण्डौं ।

लामो समयदेखि आधुनिक गीत गायन क्षेत्रमा सक्रिय रहँदै आएका गायक कौशल राज खड्काको आवाजमा रहेको ‘तिम्रो काखमा’ बोलको गीत सार्वजनिक भएको छ।मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको यस गीतमा शब्द रिता भण्डारीको रहेको छ भने मोडल गणेश हमाल र गरिमा शर्माकोअभिनय रहेको छ।त्यस्तै यस गीतमा मनोज चौलागाइको संगीत तथा एरेञ्ज रहेको छ।

दर्जनौं गीतहरुमा स्वर भरीसकेका खड्काको स्वर रहेको यस गीतलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन्।गीतमा एउटा प्रेमी, प्रेमीका बिचको मायालाई शब्द र संगित मार्फत व्यक्त गर्न खोजिएको छ।सियोन श्रेष्ठले निर्देशन गरेको सार्वजनिक यस गीतलाई अनिल रानाले सम्पादन गरेका छन्।यस गीतको भिडियो ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो

३ आश्विन २०७८, आईतवार ०७:०५