‘डाँडाको वरपीपल’मा समावेश ‘काटि दिउँला जुङ्गा जम्मै’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यहि असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ को ‘काटि दिउँला जुङ्गा जम्मै’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय यस चलचित्र फुलपातीको दिन सिनेमा हलसँगै ओटिटीमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

काठमाडौंको वन सिनेमा हलमा आयोजीत कार्यक्रममा चलचित्रमा अभिनय गरेका सम्पुर्ण कलाकार सहित निर्माण टिमको उपस्थिती थियो । सार्वजनिक गीतमा स्व. खेमराज गुरूङ र रिमा गुरूङ होडाको स्वर, उमंग लामा र केशव चौलागाइईंको शब्द, उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्ज छ । यस्तै गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने , राजिब, प्रभात, अस्मिता, प्रदिप ,अप्स्ना लगायत फिचर्ड छन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ । बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ। सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोती कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।

video:

Event Video: