कुलेन्द्र र समिक्षाको ‘चट्ट माया’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ लोकगीत सार्वजनिक गरिएको छ ।  शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ‘चट्ट माया’ बोलको गीतमा अष्ट्रेलियामा रहेर नेपाली गीतसंगीतमा कलम चलाइरहने भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द रहेको छ । यस्तै गीतमा संगीत अष्ट्रेलिया मै रहेका गोविन्द भण्डारीले भरेका छन् ।

गीतको विमोचन कार्यक्रममा निर्देशक प्रेम थापाको सभापतित्व रहेको थियो भने चर्चित संगीतकार एबं धुन सम्राट बिबि अनुरागीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमालको पनि उपस्थिती थियो । गायक कुलेन्द्र विश्वकर्माले विदेशी भूमिबाटै गीत सिर्जना गरेर आफूलाई गीत गाउन अवसर दिनु भएको भन्दै रचनाकारलाई धन्यवाद दिए ।

प्रिज्म स्टुडियोमा गरिएको उक्त गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका हुन् । त्यस्तै भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा र मोडल रञ्जिता गुरुङले अभिनय गरेका छन् । प्रेम थापाले निर्देशन गरेको भिडियोलाई करण चैशिरको छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् । भावना इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।