सन्तोषको ‘डोन्ट माइन्ड ल’ टेलिसिरियल प्रसारणमा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नयाँ हाँस्य टेलिसिरियल ‘डोन्ट माइन्ड ल’ प्रसारणमा आएको छ । सञ्चारकर्मी तथा कलाकार सन्तोष खनालको लेखन तथा निर्देशनमा निर्माण भएको यस टेलिसिरियल हरेक हप्ताको शुक्रबार राति ९ बजे सुबिशा क्रियशन युट्यूब च्यानल र गोर्खा टेलिभिजनमार्फत प्रशारण सुरु भएको हो । यसको पहिलो भाग गएको शुक्रबार प्रशारण भइसकेको छ ।

अखिल बास्तोलाको छायांकन रहेको यस हाँस्य टेलिसिरियलमा बाल कलाकार सुयशा खनाल छिन् । यसैगरी कञ्चन खड्का, श्रीना नेपाल, दिवाकर घिमिरे, सुमन सागर जङ्ग केसी, ठाकु गुरुङ, अर्जुन आचार्य, गौरव जङ्ग थापा, मोनिका राय र कविता गेलाल छन् ।

आयुभ बास्तोला र सुजन पौडेलले सम्पादन गर्दै आएका यस हाँस्य सिरियलले सामाजिक, राजनीतिक तथा समसामयिक बिषयमा व्यङग्य गर्ने निर्देशक सन्तोष खनालले बताएका छन् ।