सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

काठमाडौं। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ ९एन।बि।अन्जान० को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मिना निरौलाको स्वर रहेको छ। गीतमा शब्द नारायण नेपालको र संगीत सुर्य कमल राईको संगीत तथा संजय हमालको एरेन्ज रहेको छ।

अब चलचित्र दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस राणा,बिपना बस्नेत,सुवाष गजुरेल,सुनिल कटुवाल,सबिता रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन्। कबि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन्। आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्।

चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ। गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ।

भिडियो