तेस्रो एपिक नेपाल म्युजीक अवार्डमा मध्यपुर थिमि नगरपालिकाको सहकार्य

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

दुई वटा संस्करण सम्पन्न भइसकेको एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणमा मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने भएको छ । दुईबर्ष अघिदेखी एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना गर्दै आएको एपिक नेपाल म्युजीक अवार्डमा यसबर्षका लागी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्न लागेको हो । बिशेष गरी मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले सहकार्य अगाडी बढाएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भएको छ ।

शुक्रबार सिद्धिकाली मन्दिर परिसरमा आयोजीत उक्त कार्यक्रममा अवार्ड समारोह गर्नुको उद्धेश्यसँगै नगरपालिकासँगको सहकार्यको बिषय प्रष्ट पारिएको थियो । कार्यक्रममा यसबर्षबाट परिवर्तन भभएको अवार्डको ट्रफि सार्वजनिक पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख श्रेष्ठले अवार्ड समारोहमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनु भयो । ‘अवार्ड समारोहको उद्धेश्यबारे मलाई सुनाउनु भएको थियो, कला संस्कृति जर्गेना गर्ने उद्धेश्य बोक्नुभएको रहेछ, हामी किन सहकार्य नगर्ने भन्ने लाग्यो ।’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो । ‘अवार्ड समारोह मध्यपुर थिमि नगरपालिका भित्रै गर्न खोज्नुभएको रहेछ, नगरपालिका भित्रका भाषा, धर्म, संस्कृतिको बिषयमा अवार्डमा समेटिने भएपछि झन् खुसी लागेको छ ।’

अवार्ड समारोहकी संयोजक, आयोजक संस्थाकी अध्यक्ष तथा म्युजीक भिडियो निर्देशक बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिकासँग जोडिन पाउनु आफ्नो लागी अवसरको कुरा रहेको बताउनु भयो । बबिताले नगरप्रमुख श्रेष्ठले आफूहरुको प्रस्तावलाई स्विकार्दिनुभएकोमा धन्यवाद भन्दै खुसी  ब्यक्त गर्नुभयो । कार्यक्रममा अवार्ड समारोह आउँदो मंसिर ११ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेमा सम्पन्न हुने जानकारी गराइयो । साथै शुक्रबारबाट फर्म खुलेको र आउँदो कात्र्तिक १ गतेसम्म फर्म भर्न सकिने बताइएको छ । आउँदो कात्र्तिक १३ गते उत्कृष्ट पाँचको नोमिनेशन सार्वजनिक गरिने आयोजक संस्थाका महासचिव राजेन्द्र पुरीले जानकारी गराउनुभयो । पुरीले अवार्डलाई विवाद मुक्त र निश्पक्ष तरिकाले सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा समाजसेवी तथा अवार्ड सल्लाहकार कृष्ण बहादुर होना, गणेशमान चक्रधरसँगै नेवारी गायिका सरस्वती मानन्धर, सर्जक तथा गायक कस्तुप पन्त, खेम सेन्चुरी, गायिका टिका पुन, भिडियो निर्देशक काजिश श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थिती थियो । यस्तै चलचित्र पत्रकार सुब्रतराज आचार्य र जीवन पराजुलीपनि अतिथिको रुपमा रहनुभएको थियो ।

यसबर्षको तेस्रो एपिक नेपाल म्युजीक अवार्डलाई फरक ढंगबाट लैजान खोजेको अवार्ड आयोजक संस्थाका उपाध्यक्ष कृष्णलाल साहुखलले जानकारी गराउनु भयो । उहाँका अनुसार अन्य अवार्डजस्तो एउटै हलमा सम्पन्न गर्ने भन्दा पनि खुल्ला ठाउँ जुन पर्यटकिय स्थलपनि होस् र मौलिकपन झल्कियोस् भनेर मध्यपुर थिमिको बोडेलाई रोजिएको हो । कार्यक्रमको सहजीकरण पत्रकार गोपिकृष्ण चापागाईंले गर्नुभएको थियो ।