शोभित बस्नेतको स्विकारोक्तिः राजेश हमालनै महानायक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

निर्देशक शोभित बस्नेतले अन्ततः महानायक राजेश हमाल नै हुन् भन्दै स्विकार गरेका छन् । केहि समय अघि चलचित्र डाँडाको बरपिपल कार्यक्रममा निर्देशक बस्नेतसँगै अभिनेताद्धय भूवन केसी र शिव श्रेष्ठले महानायकको बिषयमा बोलेका शब्द सामाजिक सञ्जालमा निकै छरिएका थिए । साथै यी तिन कलाकारका बिरुद्धमा दर्शकले गाली समेत गर्दै आएका थिए । दर्शकहरु महानायक राजेश हमाल भन्दा अरुलाई मान्न तयार थिएनन् ।

यसैबिच आज (आइतबार) चलचित्र डाँडाको बरपिपलको ट्रेलर रिलिज कार्यक्रममा पनि केहिसमय यहि बिषयमा प्रश्नउत्तर गरियो । चलचित्रको बिषयमा जानकारी गराइसकेपछि सञ्चारकर्मिहरुले यो बिषयमा प्रश्न गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि राजेश हमाल भन्दै शोभितले सम्बोधन गरेका थिए । शोभितले भने, मैले सुपरस्टार भन्दा माथिको शब्द छ जस्तो नलागेर राजेश हमाललाई सुपरस्टार भनेको थिएँ । त्यो भन्दा माथिको शब्द रहेछ, महानायक । त्यसैले महानायक राजेश हमालनै हुन् ।

शोभितले राजेशसँग थुप्रै चलचित्रमा काम गरेको र भोलीको दिनमा पनि काम गर्ने र आफूसँगको सम्बन्ध सुमधुर भएको बताए ।