नमुना मोडललाई डेढलाख तिर्नुभन्दा बिष्णु माझिलाई २ लाख दिँदा राम्रोः बिमल डाँगी

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक बिमल डाँगीले पछिल्लो समयको गीतसंगीतका नव कलाकारहरुको ब्यवहार देखेर दिंक लागेको अभिब्यक्ति दिएका छन् । लोकगीतको क्षेत्रमा सयौं गीत गाएका र दर्जनौं सुपरहिट गीत दिएका बिमलले आफ्नो फेसबुकमा ‘कुरो गीतसंगीतको’ भन्दै स्टाटस लेखेका छन् । बिमल हाल अमेरिकामा बस्दै आएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">बिमलले पछिल्लो समयका कलाकारले आफूले अभिनय गरेको भिडियो सेयर पनि नगर्ने र पारिश्रमिक पनि बढी लिने भन्दै यस्तो लेखेका छन्, ‘आफु सहभागी भएको गीत शेयर समेत नगर्ने–शेयर गरेपनि हटाऊने–दोहोरी खेलेर टन्न कमाऊने तर दोहोरी खेल्छु भन्न लाज मान्ने नमुना (मोडल) हरुलाई एक, डेढ लाख तिर्नुभन्दा बिष्णु माझीलाई २ लाख अनि गीत सृजना गर्ने सर्जकलाई राम्रो पारिश्रमिक दिँदा राम्रो,गीतको अडियो राम्रो भए नायकरनायिका नखेलेनी चल्छ हैन त लागानीकर्ता काका ।’</p>