राजेशलाई महानायक, भूवनलाई सुपरस्टार र शिवलाई युगनायक भन्छुः शोभित

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> निर्देशक तथा कलाकार शोभित बस्नेतले अबदेखी राजेश हमाललाई महानायक नै भनेर सम्बोधन गर्ने बताएका छन् । केहिसमय अघि चलचित्र डाँडाको बरपिपलको एक कार्यक्रममा महानायक भूवन केसीलाई भन्नुपर्ने भन्दै तर्क राखेका शोभितले पछिल्लो समय आफूले गल्ति बोलेको भन्दै माफि मागेका थिए ।&nbsp;</p><p style="text-align: justify; ">यस्तै बुधबार ठमेलस्थित अलफ्ट होटलको एक कार्यक्रममा भेटिएका शोभितले अबदेखी राजेश हमाललाई महानायक, भूवन केसीलाई सुपरस्टार र शिव श्रेष्ठलाई युग नायक भनेर सम्बोधन गर्ने बताएका हुन् । शोभितले भनेका छन्,&nbsp; ‘मैले गल्ति गरेको रहेछु । अबदेखी गल्ति गर्दिन् ।’ उनले राजेश हमालसँग भेट भएको र यो बिषयमा कुरा भएको पनि बताए । उनले अगाडी भनेका छन्, ‘राजेश जीले दुबैजना नेपाली चलचित्र क्षेत्रमा लामोसमय बिताएका कलाकार हौं, किन यस्तो बिषयमा बहस गरेका छौं । यो बिषयलाई नलम्ब्याउनु भन्नुभयो ।’</p>