मिहिनत गर्न नछाड्ने सञ्जीव

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

झण्डै एक दशक अघि नेपाली म्युजीक भिडियोको क्षेत्रमा प्रवेश गर्न मुस्किल नै थियो । कसरी, को मार्फत र के गर्दा म्युजीक भिडियोको क्षेत्रमा लाग्न सकिन्छ त्यो थाहा पाउनै गाह्रो हुन्थ्यो । लगभग सिमित केहि टिम थियो, जसले म्युजीक भिडियो निर्माण गर्थे र कलाकार पनि सिमित थिए । त्यहि समयमा म्युजीक भिडियोको क्षेत्रमा आफ्नो जीवन देख्नुभएको सञ्जीव ठकुरी निरन्तर संघर्षमै हुनुहुन्थ्यो, जसरी पनि सञ्जीवलाई म्युजीक भिडियोको क्षेत्रमा प्रवेश गर्नुथियो ।

मेलुङ गाउँपालिका वडा नं. ६, दोलखा घर हुनुभएका सञ्जीव भिडियोहरुमा मोडलिङ गर्न निकै रुचाउनुहुन्थ्यो । तर चाहेर सजिलै भिडियोमा काम गर्न सहज थिएन । त्यो समयका चलेका निर्देशक तथा कलाकारहरुको संगत र आफ्नो हरदम मिहिनतले गर्दा आज सञ्जीवले सफलताको बाटोतर्फ लम्कदै हुनुहुन्छ । बि.स. २०६८ सालमा भिडियोमा ‘साइड डान्सर’को रुपमा काम गरेर अभिनय यात्रा अगाडी बढाउनु भएका सञ्जीवले यो एकदशकको अन्तरालमा झण्डै ५ सय बढी म्युजीक भिडियोमा काम गर्नुभएको छ । उहाँको २०७१ सालमा मुख्य अभिनय रहेको खेमराज तिवारी र देवी घर्तिको स्वरमा रहेको लोकगीत ‘छाड्दिन म आज’को भिडियो सार्वजनिक भएको थियो । यस्तै त्यसै बर्ष दोस्रो लोकगीत ‘हुन्छ हुन्न नढाँटी भन्देऊ न’मा अभिनय गर्ने मौका पाउनुभयो । जुन गीतमा उद्धव मिघिरे र अमृता लुंगेली मगरको स्वर रहेको छ । भिडियोमा सञ्जीवसँगै रश्मी तामाङले अभिनय गर्नुृभएको थियो ।

‘‘मिहिनत नगरी केहि पनि हुँदैन । सफलता हासिल गर्न सुरुमा निकै मिहिनत गर्नु आवश्यक छ, त्यसैले म सधैं मिहिनत गरिरहन्छु ।’’

यस्तै बि.स. २०७३ सालबाट भने सञ्जीवलाई म्युजीक भिडियोको क्षेत्रमा ‘लक’ लाग्न थाल्यो । जब अमृत खाती र जुना प्रसाईंको स्वरमा रहेको ‘ओके छत’बोलको गीतको भिडियोमा अभिनय गर्नुभयो । उक्त गीतले उहाँलाई संगीत बजारमा सञ्जीव भनेर चिनाउन सफल भयो । त्यसपछि एकबर्षको अन्तरालमा मात्रै झण्डै सयवटा भिडियोमा काम गर्ने मौका मिलेको सञ्जीव बताउनुहुन्छ । ‘काम गर्ने क्रममा ओके छत गीतले चर्चामा ल्याइदियो । उक्त गीतले युट्युवसँगै नेपाली बजारमा राम्रो चर्चा कमायो । त्यसैले मलाई दर्शक माझ चिनाउन ठुलो सहयोग मिल्यो ।’ सञ्जीवले भन्नुभयो । ‘मेरो कलालाई चिनेर मलाई काम दिइरहनु भएको छ । यो सबै दर्शककै मायाको कारण हो ।’

सञ्जीवले पछिल्लो समय म्युजीक भिडियो निर्देशनमा पनि हात हाल्नुभएको छ । भिडियोमा अभिनयको काम गर्दै जाँदा निर्देशनमा पनि अनुभव बटुल्दै गएको र अहिले निर्देशन गर्न थालेको बताउनु भयो । दुईबर्ष अघिबाट निर्देशनमा हात हाल्नुभएका सञ्जीवले अहिलेसम्म सय वटा म्युजीक भिडियोमा कोरियोग्राफि तथा निर्देशन गरिसक्नुभएको छ । यतिमात्रै हैन सञ्जीवले दर्शकको साथ पाउँदै गएपछि आफूले गीत पनि गाउन सक्छु भन्ने लागेर आजभन्दा दुईबर्ष अघिनै ‘गल्ली गल्ली चोकचोकमा’ बोलको गीत पनि गाउनुभएको थियो । जुन गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ भने भिडियोमा सञ्जीव आफ्नै अभिनय छ ।

सञ्जीवले काम गर्दै जादा निखारता आउने भएकाले कामलाई निरन्तरता दिने बताउनु भएको छ । अभिनय, निर्देशनसँगै गायनलाई पनि अगाडी बढाउने उहाँको इच्छा छ । तर पछिल्लो केहिबर्ष यता दिनहुँजस्तो अभिनय, कोरियोग्राफि अथवा निर्देशनमा ब्यस्त देखिनुहुन्छ । मिहिनत नै सफलताको पहिलो खुड्किला रहेको बताउँने सञ्जीव भन्नुहुन्छ, ‘मिहिनत नगरी केहि पनि हुँदैन । सफलता हासिल गर्न सुरुमा निकै मिहिनत गर्नु आवश्यक छ, त्यसैले म सधैं मिहिनत गरिरहन्छु ।’ सञ्जीवले अहिलेसम्म म्युजीक भिडियोको क्षेत्रमा चलेका कलाकारहरुसँग काम गरिसक्नुभएको छ । अनुशाह, शंकर बिसी, महेन्द्र गौतम, अन्जली अधिकारी, रश्मि तामाङ, करिश्मा ढकाल लगायतका कलाकारसँग काम गरिसकेको सञ्जीव बताउनुहुन्छ ।

सञ्जीवको कामको अनुभवसँगै पछिल्लो समय नृत्य प्रतियोगीताहरुमा निर्णायकको भूमिकामा पनि निमन्त्रणा आउने गर्दछ । २०७५ साल असोज २८ गते बृहत साँस्कृतिक कार्यक्रम तथा एकल नृत्य प्रतियोगीता गुरुम्फी (दोलखा)मा निर्णायक बनेको सञ्जीवले सम्झनु भयो । उहाँसँगै मोहन तामाङ र प्रनिल गुरुङ निर्णायकमा हुनुहुन्थ्यो । यस्तै २०७५ साल असोज २९ गते पनि गायक प्रकाश कटुवालसँगै निर्णायकमा हुनुहुन्थ्यो । यस्तै पछिल्लो समय पनि उहाँ आफ्नो समय मिलाएर निर्णायकको भूमिकामा पनि काम गरिरहनुभएको छ ।

सञ्जीवले काम गर्दै जाँदा कामको मुल्यांकन गर्दै बिभिन्न संघसंस्थाले सम्मान तथा अवार्ड प्रदान गरेका छन् । २०७५ मा दोस्रो ओ.एस. नेपाल म्युजीक अवार्डमा जुरी अवार्ड पाउनु भएका सञ्जीवले सोहिबर्ष तेस्रोे नेपाली म्युजीक भिडियो अवार्ड पाउनु भयो । जुन मलेसियामा सम्पन्न भएको थियो । सञ्जीवले मलेसियामै पुगेर अवार्ड उचाल्नुभएको थियो । यस्तै २०७६ मा ज्योती फिल्मस् अवार्ड, २०७७ मा पनि ज्योती फिल्मस् अवार्ड र २०७८ मा राष्ट्रिय काँठे लोक दोहोरी अवार्डबाट उत्कृष्ट मोडलको अवार्ड हात पार्नुभयो । (समाचार हिमालय टाइम्समा प्रकाशित छ)