अश्लिल सिन दिन बाध्न बनाइयोः कलाकार जावेद

मुम्बई (एजेन्सी)

विश्व बजारमा बिभिन्न ठुला तथा साना चलचित्र साथै बिभिन्न शोहरुमा कलाकारहरुले गर्ने गतिबिधि चर्चामा आइरहन्छन् । कतिपय निर्देशक तथा निर्माताहरुले गरेका र बोलेका कुराहरु कलाकारले सार्वजनिक गरिदिएको उदाहरण पनि धेरै छन् । यसैक्रममा बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आउनु भएकी भारतीय कलाकार उर्फी जावेदले चलचित्र क्षेत्रमा संघर्षका दिनहरुका बारेमा आफ्ना अनुभव बताउनु भएको छ ।

अनुभव बताउने क्रममा आफूलाई अश्लिल सिन दिन बाध्य पारिएको पनि खुलाउनु भएको छ । बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाउनु भएको हो । उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उहाको भित्री बस्त्र क्यामेरामा कैद गराएको खुलासा गर्नुभएको हो ।

उहा स्वतन्त्रताका लागि घरबाट भाग्नुभएको थियो । उहा एक रुढीवादी सोच राख्ने परिवारमा हुर्किनु भएको थियो । उहालाई आफ्नो इच्छाअनुसार काम गर्ने अनुमति नभएको उहाले अन्तरवार्तामा बताउनु भएको छ । उहाले पहिलो दिनको सुटिङपछि अश्लिल दृश्य गर्न बाध्य पारेपछि आत्महत्याको सोच आएको पनि खुलाउनु भएको ट । उहाले अर्को दिनबाट सुटिङमा जान अस्वीकार गरेपछि निर्माताले उहालाई ४० लाख माग्दै जेल पठाउने धम्की दिएको पनि खुलाउनु भएको । उहाले सिन दिने क्रममा उहालाई प्रोड्युसरले छुने कोसिस गरेको पनि खुलाउनु भएको छ ।