अलिफ र सुजताको नयाँ गीत ‘चिनी अमिलो’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायिका सुजता केसी र अलिफ खानको स्वरमा नयाँ गीत ‘चिनी अमिलो’ सार्वजनिक गरिएको छ । सार्वजनिक डान्सिङ गीतमा लोकराज अधिकारीको शब्द छ भने राजेन्द्र बजगाईंको संगीत रहेको छ । गीतमा श्यामश्वेत रसाईलीले मिक्सिङ छ ।

गायिका सुजताले यसगीतबाट ठुलो अपेक्षा लिएको बताएउनु भएको छ । यसअघि पनि कतिपय गीतले चर्चा कमाएका थिए भने कतिपय मध्यम थिए । तर यसगीतमा ठुलो मिहिनत परेको र टिमवर्क राम्रो भएकाले यसअघिका गीतभन्दा बढी अपेक्षा गरिएको उहाको धारणा छ । ‘आफ्ना गीत सबै राम्रो त लाग्छ तर यसगीतको टिम अझ राम्रो छ । सुजताले भन्नुभयो ‘टिमवर्क राम्रो भएकाले गीत र भिडियो पनि राम्रो बनेको छ । आशा छ दर्शकलाई मन पर्छ ।’

गीतको भिडियोमा लोकप्रिय कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगानाको नृत्य रहेको छ । अजय रेग्मीले खिचेको भिडियोमा प्रकाश धितारको निर्देशन रहेको छ भने सम्पादन बिकाश दाहालले गरेका हुन् । गीतबारे गायक अलिफ खानले पनि आफूले गाएका यस अघिका गीत जस्तै दर्शकले मन पराउनेमा विश्वास ब्यक्त गर्नुभयो ।

Video: