प्रकाश र मिनालाई दोहोरी च्याम्पियनको उपाधि

आर्टिष्ट खबर/ कात्तिक, पोखरा ।

दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको टिमले जितेको छ । शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेबाट प्रकाश र मिनाले ‘दोहोरी च्याम्पियन’को उपाधिसँगै २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नुभयो । यस्तै फिनालेमा प्रतिस्पर्धामा रहेको बालचन्द्र बराल र शोभा कार्कीको समूह स्वतः दोस्रो भएको छ । बालचन्द्र र शोभाले द्धितिय स्थान हासिलगरेसँगै १० लाख रुपैया र  ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नुभएको छ ।

यस्तै फिनालेमा सविन आचार्य र रीता रावतको समूह तृतिय हुन सफल भयो भने मिना नेपाल र राजेन्द्र पाठकको समुहले सान्तवना भएको थियो । तृतीय हुनेलाई  तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेका थिए । पोखराको लेकसाइट बाराही घाटमा साँझ ४ बजेपछि सुरुभएको फिनाले कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समारोहमा प्रमुख अतिथि पोखरेलसँगै स्टेजमा रहनु भएका वरिष्ठ लोकगायक प्रजापति पराजुलीले बिजेताको नाम घोषणा गर्नुभएको थियो । नेपाल टेलिभिजनको प्रस्तुतीमा सम्पन्न यस ‘दोहोरी च्याम्पियन’ नेपाल टेलिभिजनबाट लाइभ गरिएको थियो । दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो ।

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सम्पन्न ‘दोहोरी च्याम्पियन’को फिनालेमा लोकप्रिय कलाकारहरु राजु परियार, शर्मीला गुरुङ, शिला आले, रामजी खाँण, पशुपति शर्मा, कुलेन्द्र बि.क.लगायतको प्रस्तुति रहेको थियो । ‘दोहोरी च्याम्पियन’मा डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा हुनुहुन्थ्यो । कार्यक्रम सन्चालन गायक बद्री पंगेनी र गायिका प्रिती आलेले गर्नुभएको थियो ।